विथ च्याम्पियन्सको अध्यक्षमा देखिए जितु विथ च्याम्पियन्सको अध्यक्षमा देखिए जितु

प्रसिद्ध कमेडी टिभी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’को अध्यक्षमा जितु नेपाललाई देख्न पाइने भएको छ । उनलाई अध्यक्षमा लिएर शोको नयाँ एपिसोड छायांकन भएको छ ।

जितुजीलाई लिएर दुई एपिसोड छायांकन भैसकेको छ । दीपा दिदीको हेल्थ ठीक भएपछि उहाँ नै अध्यक्ष हुने हो’ निर्देशक भण्डारीले बताए ।

मंगलबार प्रसारण तयारीमा रहेको ६६ औं एपिसोडको ट्रेलरमा नेपाललाई अध्यक्षको रुपमा देख्न पाइन्छ । निर्देशक विशाल भण्डारीले अध्यक्षको रुपमा देखिँदै आएकी दीपाश्री निरौला स्वास्थ्य लाभ गरुञ्जेल जितुलाई अध्यक्षको रुपमा हेर्न पाइने बताए ।

ब्रेन ट्यूमरको शल्यक्रियापछि निरौला अहिले स्वास्थ्य लाभ गरिरहेकी छन् ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti