असोज १६ गते ,चंगुल प्रर्दशनमा  असोज १६ गते ,चंगुल प्रर्दशनमा

जेनजी आन्दोलन र त्यसअघि र पछिको अवस्थालाइ चित्रण गरिएको चलचित्र चंगुल भदौ १९ गते बाट प्रर्दशन मा आउने  भनिए पनि प्राविधिक काम समयमा नसकिने देखिए पछि चलचित्र असोज १६ बाट प्रर्दशन हुने भएको छ ।

मालति कार्किको निर्माण तथा राम गौतमको निर्देशनमा तयार चलचित्र चंगुलमा भ्रष्टाचारको कारण थिलथिलो भएको देश र त्यस पछिको युवा जागरणलाइ सिनेमामा उतारिएको छ ।

गत बर्ष भदौ २३ र २४ को आन्दोलन र त्यहि आन्दोलनमा ज्यान गुमाउने जेनजी आन्दोलनका सहिदहरुको सम्झना स्वरुप चलचित्र चंगुल निर्माण गरिएको चलचित्रकि निर्माता मालती कार्किले जानकारी दिएकि छिन् ।


चलचित्रमा रबि कार्कि , लय संग्रौला , लक्ष्मिनाथ तिमल्सिना , राकेश कुमार राइ , आशा बिश्वकर्मा ,स्वस्तीका लामिछाने लगायतका कलाकारको अभिनय रहेको छ ।

यस्तै चलचित्रमा बालकलाकार रिम्शा कार्किको पनि अभिनय रहेको छ । चलचित्रका गीतमा बिपिन आचार्य  ा नन्दनी अधिकारी तथा बिक्रम कार्किको संगीत रहेको छ भने  देब महर्जनको द्वन्द्व  दिपेन बस्न्यात को छायाङ्कन सम्पादन  रहेको छ

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti