दुई नयाँ फिल्म ‘कमला मिस’ र ‘हली’ देशभरका हलहरूमा दुई नयाँ फिल्म ‘कमला मिस’ र ‘हली’ देशभरका हलहरूमा

 शुक्रबारदेखि दुई नयाँ नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । नीर शाह निर्देशित ‘कमला मिस’ र ओम प्रतीक निर्देशित ‘हली’ रिलिज भएका छन् ।

अर्को नेपाली भाषाको फिल्म ‘हली’ ले छाउपडी प्रथाका कारण महिलाले भोग्नुपरेका संघर्ष र सामाजिक यथार्थलाई उजागर गर्ने प्रयास गरेको छ ।

यी दुबै सामाजिक कथावस्तुमा आधारित छन् । ‘कमला मिस’ साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति ‘कोही किन बर्बाद होस्’ मा आधारित फिल्म हो ।

यसमा नीर शाह, रमेश बुढाथोकी, बास्न तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर लगायतको अभिनय छ । यो फिल्मको रनटाइम १०० मिनेट छ ।

यो फल्ममा प्रमोद दीप, सुजाता थापा, ओम प्रतिक, सरोज खनाल, अरूणा कार्की, अर्जुन गुरूङ, विद्या कार्की लगायतको अभिनय छ । पूजा गुरूङ र जश्मीन श्रेष्ठ निर्माता हुन् । यो फिल्मको रनटाइम १२५ मिनेट छ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti