उपासना र कुन्दन मुख्य भूमिकामा एप्पल इन्टरटेन्मेन्टको निर्माणमा उपासना र कुन्दन मुख्य भूमिकामा एप्पल इन्टरटेन्मेन्टको निर्माणमा

एप्पल इन्टरटेन्मेन्टको व्यारनमा निर्माण हुन लागेको नयाँ फिल्म ‘भिडियोटेप’को आज एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको छ ।ललितपुरको लाबिम मलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ओविद उद्दिनको निर्देशनमा तयार हुन लागेको फिल्मको घोषणा गरिएको हो ।

हरर जनराको यो फिल्मलाई भदौ ५ गतेबाट उपल्लो मुस्ताङमा खिचिनेछ । ३० दिनसम्म फिल्मको छायांकन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

यो फिल्ममा नायिका उपासना सिंह ठकुरीको साथमा नायक कुन्दन मान शाक्यको मुख्य भूमिका रहनेछ । फिल्ममा अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जिवन अधिकारी, शेखर चापागाँई, सिद्धार्थ सिंह लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहनेछ ।

फिल्ममा वशिष्ट प्रधानको डीओपी रहनेछ । फिल्मका प्रोडक्सन म्यानेजर ईश्वर घिमिरे हुन् ।
कार्यक्रममा बोल्दै निर्देशक ओविदले भने–‘म सानैदेखि हरर जनराका फिल्म हेरेर हुर्किएको हुँ ।

यसैले, आफ्नो डेब्यू फिल्ममा पनि यही जनरालाई अगाडि बढाएको छु । यो कथा काल्पनिक बिषयमा आधारित छ । कुनै पनि वास्तविक घटनासँग मिल्दैन ।’

नायिका उपासना सिंह ठकुरीले फिल्मका बिषयमा भनिन्–‘एक वर्ष अगाडिदेखि नै यो फिल्मको बिषयमा कुराकानी भइरहेको थियो । कथावस्तु निकै नै राम्रो छ । अब हामी फिल्मको छायांकनमा जाँदैछौं । एकदमै उत्साहित छु ।’

यस्तै, नव–नायक कुन्दनले फिल्मलाई लिएर आफू निकै नै उत्साहित भएको बताए । फिल्मलाई ४ करोडको बजेटमा निर्माण गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।

फिल्ममा महेश बरालको मुख्य सहायक निर्देशन रहनेछ । कार्यक्रममा बोल्दै एप्पल इन्टरटेन्मेन्टका प्रमुख नकिम उद्दिनले नयाँ टिमलाई साथ दिन सबैसँग आग्रह गरेका थिए ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti