‘लोकदोहोरी च्याम्पियन’टिभी रियालिटी शो आउने ‘लोकदोहोरी च्याम्पियन’टिभी रियालिटी शो आउने

 टिभी रियालिटी शो ‘लोकदोहोरी च्याम्पियन’ आउने भएको छ । आयोजित पत्रकार सम्मेलनमा रगोन स्टुडियो प्रालिले कार्यक्रम ल्याउने जनाएको हो ।

सातै प्रदेशबाट छनोट भएका कुल १०८ टिमले प्रतिस्पर्धामा सहभागिता जनाउनेछन् । त्यसपछि नकआउट चरण हुँदै प्रतियोगिता अघि बढ्ने बताइएको छ ।

प्रेसमिटमा कार्यक्रमको उद्देश्य, निर्माण टोली, जज र प्रसारणसम्बन्धी जानकारी दिइयो । जजमा मौलिक लोकदोहोरीको संरक्षणलाई प्रवद्र्धन गर्दै नयाँ प्रतिभालाई अवसर दिने उद्देश्यले शो निर्माण गर्न लागिएको कार्यक्रम प्रमुख अनुपम गौतमले जनाए ।

निर्देशन माधवराज खरेलले गर्नेछन भने निर्णायक मण्डलमा पुरुषोत्तम न्यौपाने, रीता थापामगर, पशुपति शर्मा र अमृत खाती छन् । होस्टको रुपमा दिनेश काफ्ले र इब्सन सञ्ज्याल देखिनेछन् ।

प्रतियोगितालाई लोकदोहोरी प्रतिस्पर्धाको संरचनामै आयोजना गरिनेछ । कार्यक्रम इमेज टिभीबाट प्रसारण हुने जानकारी दिइयो । आयोजकका अनुसार ३ असोजदेखि कार्यक्रम प्रसारणमा आउनेछ ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti