फिचर

निखिल–रमेश–निरुतासहित ‘पारस’को छायांकन असार १५ देखि

 कृषा चौलागाईँको तेस्रो निर्देशकीय चलचित्र ‘पारस’ असार १५ गतेबाट फ्लोरमा जाने भएको छ। निर्माण टिमले फ्लोरमा जाने समय तोक्दै बिहिबार कलाकारहरुको फेस टेष्ट गरेको छ।

जाँड’को ट्रेलर सार्वजनिक गरिएको छ 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच आगामी असार १२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘जाँड’को ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक  गर्दै निर्माण

अब संगीत रोयल्टी बैंक खातामा

संगीत रोयल्टी संकलन समाज नेपालले गीतकार तथा संगीतकारहरूलाई रोयल्टी वितरण गरेको छ । समाजले टिकटक, यातायात क्षेत्र, रेडियो, होटल तथा स्वदेश र विदेशबाट संकलित रोयल्टी

चलचित्र समीक्षा र पत्रकारितासम्बन्धी तीन दिने तालिम सम्पन्न

चलचित्र समीक्षा तथा चलचित्र पत्रकारितासम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । आइडिया ग्रोभको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा अनामनगरस्थित सिलौटो कटेजमा जेठ २५

‘इलिफेन्ट्स इन द फग’

अन्तर्राष्ट्रिय चलचित्र मञ्चमा नेपाली सिनेमाले हासिल गरेको ऐतिहासिक सफलताको कदर गर्दै चलचित्र विकास बोर्डले चलचित्र ‘इलिफेन्ट्स इन द फग’ का निर्माता, निर्देशक, कलाकार तथा प्राविधिक

भैरहवामा अत्याधुनिक आईएनआई सिनेमाज सञ्चालन

रुपन्देहीको सिद्धार्थनगरस्थित भाटभटेनी सुपरस्टोरमा अत्याधुनिक सुविधा सम्पन्न आईएनआई सिनेमाज सञ्चालनमा आएको छ । भाटभटेनी सुपरस्टोरको पाँचौँ तलामा स्थापना गरिएको मल्टिप्लेक्स गत शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा

 ‘कमेडी नाइट विथ च्याम्पियन्स’को विशेष ट्रिब्युट एपिसोड नेपाल प्रहरीलाई

लोकप्रिय हास्य टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ को सिजन–२ अन्तर्गत प्रसारण हुन लागेको एपिसोड–६० नेपाल प्रहरीलाई समर्पित विशेष ट्रिब्युट एपिसोड रहने भएको छ। कार्यक्रमका

चलचित्र विकास शुल्कलाई थप पारदर्शी,

विराटनगर। चलचित्र विकास शुल्कलाई थप पारदर्शी, व्यवस्थित र अभिलेखीकरणमुखी बनाउने उद्देश्यसहित चलचित्र विकास बोर्डले विराटनगरमा चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको

रोल नं १’का निर्माता भन्छन्– हिजोसम्म रोल नं १ बामे सर्दैथियो आजबाट

रोल नं १’मा आज दर्शकको चाप उच्च देखिएको छ । काठमाडौंभित्र र बाहिर नै यो चलचित्रमा आज दर्शकको चाप उच्च रहेको छ । काठमाडौं उपत्यकामा

 ‘भारतीय कोरियोग्राफर टेरेन्स लुइस काठमाडौंमा,

आज राजधानीमा हुन गइरहेको विश्वव्यापी ख्यातिप्राप्त नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनालेमा सेलिब्रेटी ग्रान्ड जुरीको भूमिका निर्वाह गर्न भारतीय प्रख्यात कोरियोग्राफर टेरेन्स लुइस

 प्रमोद खरेल बने ‘गाउँबेशी लोजिस्टिक’को ब्राण्ड एम्बेसडर

लोकप्रिय गायक प्रमोद खरेल कुरिअर सर्भिस कम्पनी गाउँबेशी लोजिस्टिकको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन् । कुरिअर सेवाको क्षेत्रमा थुप्रै सेवाग्राहीको मन जित्दै आएको गाउँबेशी लोजिस्टिकले आज (शुक्रबार) एप्रिकस क्याफेमा पत्रकार भेटघाट गर्दै गायक खरेललाई औपचारिक रुपमा ब्राण्ड एम्बेसडरको रुपमा नियुक्ती गरेको जानकारी गराएको हो । साथै दुबैपक्ष बिच एमओयुमा समेत हस्ताक्षर गरिएको थियो ।  गाउँबेशी लोजिस्टिकको तर्फबाट सिईओ बिपिन रिजाल र गायक खरेलले हस्ताक्षर भएको एमओयुमा साटासाट गरेका थिए । जसरी प्रमोद खरेल नेपालको पुर्व मेची देखी पश्चिम महाकालीसम्म जनजनको मनमा बस्नुभएको छ त्यसरी नै गाउँबेशी लोजिस्टिकले पनि प्रत्येक सेवाग्राहीको घरको ढोकासम्म सेवा दिइरहेको छ । कार्यक्रममा सिईओ रिजालले भने । हरेक नेपालीको मनमा बस्नुभएको गायकलाई हाम्रो कम्पनीसँग जोड्न पाउँदा खुसी लागेको छ ।  सोहि अवसरमा प्रमोद खरेलको परम्परा ब्याण्डको अफिसियल गीत सलल कर्णाली सार्वजनिक गरियो । उक्त भिडियोमा गाउँबेशी लोजिस्टिक सहयोगी संस्थाको रुपमा रहेको छ । गीतमा परम्परा ब्याण्डका प्रमुख भोकलिस्ट समेत रहेका प्रमोद खरेलकै आवाज छ भने सपोटिङ आवाज सृष्टि बुढाको रहेको छ । गीतमा शब्द र संगीत सुरज थापाको छ । संगीत संयोजनको काम परम्परा ब्याण्ड र सुरज थापाको टिमले गरेको हो । गीतको इन्ट्रो शब्द भने भिम बिसीको हो ।  गीतको भिडियोमा गायक प्रमोद खरेलसँगै मोडल अश्विनी शाहीको अभिनय देख्न सकिन्छ । भिडियो कर्णालीमै पुगेर खिचिएको छ । सुन्दर दृश्य क्यामेरामा कैद गर्ने काम अर्जुन तिवारीको टिमले गरेको छ भने निर्देशक लक्ष्मण पौड्यालले गरेका हुन् । भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । भिडियोको निर्माता दिपा सिटौला हुन् ।  गायक खरेलले यस गीतलाई ब्याण्डको प्रतिक्षित गीतको रुपमा लिएको जानकारी दिए । गीतको अडियो र भिडियोको पार्टमा आफ्नो टिमले धेरै मिहिनत गरेको भन्दै अब दर्शकमाफ खुल्ला प्रतिक्रियाका लागी छाडिएको जानकारी गराएका छन् ।

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti