फिचर

 प्रमोद खरेल बने ‘गाउँबेशी लोजिस्टिक’को ब्राण्ड एम्बेसडर

लोकप्रिय गायक प्रमोद खरेल कुरिअर सर्भिस कम्पनी गाउँबेशी लोजिस्टिकको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन् । कुरिअर सेवाको क्षेत्रमा थुप्रै सेवाग्राहीको मन जित्दै आएको गाउँबेशी लोजिस्टिकले आज (शुक्रबार) एप्रिकस क्याफेमा पत्रकार भेटघाट गर्दै गायक खरेललाई औपचारिक रुपमा ब्राण्ड एम्बेसडरको रुपमा नियुक्ती गरेको जानकारी गराएको हो । साथै दुबैपक्ष बिच एमओयुमा समेत हस्ताक्षर गरिएको थियो ।  गाउँबेशी लोजिस्टिकको तर्फबाट सिईओ बिपिन रिजाल र गायक खरेलले हस्ताक्षर भएको एमओयुमा साटासाट गरेका थिए । जसरी प्रमोद खरेल नेपालको पुर्व मेची देखी पश्चिम महाकालीसम्म जनजनको मनमा बस्नुभएको छ त्यसरी नै गाउँबेशी लोजिस्टिकले पनि प्रत्येक सेवाग्राहीको घरको ढोकासम्म सेवा दिइरहेको छ । कार्यक्रममा सिईओ रिजालले भने । हरेक नेपालीको मनमा बस्नुभएको गायकलाई हाम्रो कम्पनीसँग जोड्न पाउँदा खुसी लागेको छ ।  सोहि अवसरमा प्रमोद खरेलको परम्परा ब्याण्डको अफिसियल गीत सलल कर्णाली सार्वजनिक गरियो । उक्त भिडियोमा गाउँबेशी लोजिस्टिक सहयोगी संस्थाको रुपमा रहेको छ । गीतमा परम्परा ब्याण्डका प्रमुख भोकलिस्ट समेत रहेका प्रमोद खरेलकै आवाज छ भने सपोटिङ आवाज सृष्टि बुढाको रहेको छ । गीतमा शब्द र संगीत सुरज थापाको छ । संगीत संयोजनको काम परम्परा ब्याण्ड र सुरज थापाको टिमले गरेको हो । गीतको इन्ट्रो शब्द भने भिम बिसीको हो ।  गीतको भिडियोमा गायक प्रमोद खरेलसँगै मोडल अश्विनी शाहीको अभिनय देख्न सकिन्छ । भिडियो कर्णालीमै पुगेर खिचिएको छ । सुन्दर दृश्य क्यामेरामा कैद गर्ने काम अर्जुन तिवारीको टिमले गरेको छ भने निर्देशक लक्ष्मण पौड्यालले गरेका हुन् । भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । भिडियोको निर्माता दिपा सिटौला हुन् ।  गायक खरेलले यस गीतलाई ब्याण्डको प्रतिक्षित गीतको रुपमा लिएको जानकारी दिए । गीतको अडियो र भिडियोको पार्टमा आफ्नो टिमले धेरै मिहिनत गरेको भन्दै अब दर्शकमाफ खुल्ला प्रतिक्रियाका लागी छाडिएको जानकारी गराएका छन् ।

‘पेन्सन पट्टा’को बेलायत र हङकङ प्रदर्शन 

वरिष्ठ अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ । आगामी भदौ २६ गते हरितालिका तीजको अवसरमा

चलचित्र विकास बोर्डमा एक महिने फोटोग्राफी तालिम सुरु

काठमाडौँ। काठमाडौँ महानगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा एक महिने फोटोग्राफी तालिम सुरु भएको छ। महानगरपालिकाको ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ भन्ने गौरव योजनासँग

सुधन गुरुङमाथिको छानबिन सकेर समितिले प्रधानमन्त्रीलाई बुझायो

तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीले

कहाँ हरायो ४ पटकको विश्वविजेता इटाली ?

चार पटकको विश्वविजेता इटाली गत ३ संस्करणको फिफा विश्वकपदेखि टाढा छ । छनोट चरणबाट बाहिरिँदा इटाली सन् २०१८, २०२२ र २०२६ को विश्वकप खेल्न पाएन

पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता

चलचित्र पत्रकार संघ नेपालले नेपाली चलचित्र पत्रकारिताको स्तर अभिवृद्धि तथा सिर्जनात्मक लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘चलचित्र पत्रकारिता राष्ट्रिय फिचर लेखन प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ। संघले सार्वजनिक आह्वान जारी गर्दै चलचित्र पत्रकारहरूलाई प्रतियोगितामा सहभागिताका लागि आग्रह गरेको हो। प्रतियोगितामा सहभागी हुन इच्छुक पत्रकारहरूले चलचित्र, गीत–संगीत, कला, साहित्य वा रंगमञ्चसँग सम्बन्धित फिचर स्टोरी, आर्टिकल वा फिल्म समीक्षा २०८३ साल असोज २३ गतेभित्र तयार गरी [email protected] मा पठाउन सक्नेछन्। प्रतियोगिताका लागि पठाइने सामग्री न्यूनतम १,१०० शब्ददेखि अधिकतम १,९०० शब्दसम्मको हुनुपर्नेछ। प्राप्त सामग्रीमध्ये संघद्वारा गठित छनोट समितिले उत्कृष्ट पाँच सामग्री छनोट गर्नेछ। प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैयाँ, द्वितीयलाई १५ हजार रुपैयाँ, तृतीयलाई १० हजार रुपैयाँ तथा दुई जना सान्त्वना विजेतालाई जनही ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ। प्रतियोगितामा सहभागी सामग्री मौलिक, अप्रकाशित तथा लेखक स्वयंको सिर्जना हुनुपर्नेछ। संघका सदस्यहरू तथा मौलिक लेखनलाई प्राथमिकता दिइने बताइएको छ। संघका महासचिव गोपीकृष्ण चापागाईंले चलचित्र पत्रकारिताको गुणस्तरीय विकास र सिर्जनशील लेखन संस्कृतिलाई सुदृढ बनाउन आयोजित प्रतियोगितामा उत्साहजनक सहभागिताका लागि सम्पूर्ण चलचित्र पत्रकारहरूलाई आग्रह गरेका छन्।

उत्कृष्ट चिनियाँ फिल्मको विशेष प्रदर्शन 

बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित भएका र प्रतिस्पर्धा गरेका ६ चिनियाँ फिल्महरूको काठमाडौं प्रदर्शन बिहीबार सम्पन्न भएको छ । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्द्धन

आमा र छोरीको कथाले रसाए दर्शकका आँखा

गत वैशाख २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ आजदेखि प्रदर्शनको पाँचौँ सातामा प्रवेश गरेको छ । पाँचौँ सातामा पनि यो फिल्म प्रदर्शनरत नेपाली फिल्महरूमा

गायक पशुपति शर्माले साइन गरे ‘तीन तिघ्रे, क्या बिग्रे’

लोक तथा दोहोरी संगीतका प्रसिद्ध गायक पशुपति शर्माले फिल्म अभिनयमा डेब्यू गर्ने भएका छन् । रघुजी फिल्म्सको आगामी कथानक ‘तीन तिघ्रे, क्या बिग्रे’ फिल्ममा उनी

 ‘जोर ढुंगा’ हङकङमा प्रदर्शन हुने

युगल पोमोको लेखन तथा निर्देशनमा निर्माण भएको नेपाली कथानक सिनेमा ‘जोर ढुंगा’ हङकङमा प्रदर्शन हुने भएको छ । यो सिनेमाको हङकङमा ग्राण्ड प्रिमियर गर्नु अगाडी

दिपेन्द्र केसीको अन्तर्राष्ट्रिय अवार्ड विजेता वृत्तचित्र ‘सन्चलालः

देव डी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको तथा दिपेन्द्र केसीद्वारा निर्देशित एवं निर्मित वृत्तचित्र ‘सन्चलालः सीड्स अफ होप’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। निर्देशकले सार्वजनिक गरेको

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti