नेपाली फिल्म ‘लालीबजार’ले घरेलु बक्स अफिसमा ८ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ । चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेपा @ बक्सअफिस’ले सार्वजनिक गरेको आइतबार मध्यरातसम्मको
अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहको मुख्य भूमिका रहेको सिनेमा ‘सारथी’को गुर्जा खानी सेड्युलको छायांकन सकिएको छ । गत बैशाख १५ गतेबाट छायांकन सुरु
चलचित्र पत्रकार संघ नेपालले आफ्नो संगठनात्मक सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यसहित विदेश च्याप्टर गठन प्रक्रियालाई औपचारिक रूपमा अघि बढाएको छ । नेपाली चलचित्र, कला, साहित्य तथा सांस्कृतिक गतिविधिहरू विश्वव्यापी रूपमा विस्तार हुँदै गएको वर्तमान अवस्थामा संघले यसलाई संस्थागत रूप दिन महत्वपूर्ण कदम चालेको हो । संघले हालै बसेको कार्यसमितिको बैठकमार्फत विभिन्न देशहरूमा च्याप्टर गठनका लागि संयोजकहरू लाई जिम्मेवारी प्रदान गरेको छ । यस निर्णयसँगै नेपाली चलचित्र पत्रकारितालाई प्रवासमा रहेका नेपाली समुदायसँग मात्र होइन, अन्तर्राष्ट्रिय सांस्कृतिक नेटवर्कसँग समेत जोड्ने आधार तयार भएको संघले जनाएको छ । नयाँ निर्णयअनुसार अमेरिकामा दाङ शाखाका संस्थापक अध्यक्ष किसन रेग्मी, क्यानडामा संघका पूर्व उपाध्यक्ष श्याम अर्याल, जापानमा पूर्व सचिव उत्तम गौडेल, युरोप क्षेत्रमा मकवानपुर शाखाका पूर्व अध्यक्ष मणिराज गौतम, अष्ट्रेलियामा संघका सदस्य दीपेन्द्र घिमिरे, बेलायतमा सदस्य दीपश्न लुईटेल तथा कतारमा चलचित्र पत्रकार कमल साउदलाई संयोजकको जिम्मेवारी दिइएको छ । संघका अध्यक्ष समीर बलामीका अनुसार पछिल्लो समय विदेशमा नेपाली चलचित्र, संगीत, साहित्यिक कार्यक्रम, कवि गोष्ठी तथा सांस्कृतिक प्रस्तुतिहरू उल्लेखनीय रूपमा बढ्दै गएका छन् । साथै, नेपाली फिल्मको छायांकन र अन्तर्राष्ट्रिय बजार विस्तार पनि विभिन्न देशमा सक्रिय रूपमा भइरहेको सन्दर्भमा यस्तो सञ्जाल आवश्यक बनेको उनले बताए । उनका अनुसार विदेश च्याप्टरले केवल संस्थागत प्रतिनिधित्व मात्र नभई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवद्र्धन, बजार विस्तार, सहकार्य तथा सांस्कृतिक कूटनीतिको माध्यमका रूपमा समेत काम गर्नेछ । यसले नेपाली चलचित्र पत्रकारितालाई विश्व मञ्चमा अझ प्रभावकारी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । यसअघि दुबईमा वरिष्ठ चलचित्र पत्रकार कमल श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय च्याप्टर गठन भइसकेको छ । महासचिव गोपिकृष्ण चापागाईका अनुसार संघले आगामी एक वर्षभित्र तोकिएका सबै देशहरूमा च्याप्टर गठन सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ । चलचित्र पत्रकार संघ नेपालले यो पहललाई नेपाली चलचित्र पत्रकारिताको इतिहासमा नयाँ अध्यायका रूपमा लिँदै प्रवासमा रहेका नेपाली सिर्जनात्मक क्षेत्रलाई संस्थागत रूपले जोड्ने दीर्घकालीन रणनीति भएको बताएको छ ।
काठमाडौँको कमलादी कुलरत्न मार्गस्थित सिटिजन्स बैङ्क अगाडि ‘इलोरा हेयर एन्ड ब्युटी यूनिसेक्स लाउन्ज’ सञ्चालनमा आएको छ। आइतबार आयोजित ग्रान्ड ओपनिङ कार्यक्रममा नेपाली पप गायनका लोकप्रिय
छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३ आजदेखि सुरु भएको छ । विकास बोर्डको सहकार्य तथाआदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा बोर्डको सभाहलमा महोत्सव सुरु भएको हो । ‘आदिवासी
चलचित्र ‘रोल नं १’ विद्यार्थीले मन पराएका छन् । स्कुल पढ्ने विद्यार्थीलाई लक्षित गरेर बनाइएको चलचित्र ‘रोल नं १’ विद्यार्थीले मन पराएका हुन् । “हाम्रो
चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’को अभिनेत्रीका रुपमा मलिका महत अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई फिल्मको मुख्य भुमिकामा अनुबन्धित गरेको
अभिनेता जितु नेपालको निर्माणमा बनेको चलचित्र ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक गरिएको छ। आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको
चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा मुख्य अभिनेता विजय बराल घाइते भएका छन् । छायांकनका क्रममा घोडाबाट खसेर उनको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको हो
ओम प्रतीकको निर्देशनमा निर्माण भएको नयाँ नेपाली चलचित्र ‘हली’ आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरहरूमा एकसाथ प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रबार चलचित्रका दुईवटा
विभिन्न संस्करणको बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ठ ठहर भएका चिनियाँ चलचित्रहरू नेपालमा प्रदर्शन हुने भएका छन् । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्द्धन कार्यक्रम ‘टियानतान अवार्ड
नेपाली चलचित्रका दर्शकहरूका लागि खुसीको खबर छ। चर्चित नेपाली चलचित्र ‘जारी २’ नेपालकै अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ मार्फत सार्वजनिक गरिएको छ। दर्शकहरूलाई घरमै बसेर नयाँ
Copyright © Ramailo6 - All right reserved. Designed by Zookti