फिचर

 दीपमाला ढकाल‘मिस नेपाल’ बनेर रचिन् ३ कीर्तिमान

 दीपमाला ढकाल मिस नेपालको उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली बनेकी छन् । रोचक के छ भने, उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान कार्यसमितिमा हङकङबाट

‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६का विजेता

 ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६’ को भव्य ग्राण्ड फिनालेबाट बिपिशा भट्टराई र रोजी श्रेष्ठ विजेता बनेका छन्। समारी इन्टरनेशनलको आयोजना र बिहे सेवाको सहयोगमा सम्पन्न अविवाहित र विवाहित महिलाहरु बिचको सौन्दर्य प्रतियोगीता ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६’को ग्राण्ड फिनाले शनिबार साँझ राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको हो ।  नेपाली महिलाको नेतृत्व, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, महिला सशक्तीकरण तथा नेपालको कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस प्रतियोगीतामा मिस र मिसेस गरी २० जना बिच अन्तिम प्रतिस्पर्धा भएको थियो ।  देशभरबाट सहभागी भएका प्रतिभाशाली महिलाबीच विभिन्न प्रतिस्पर्धात्मक चरण, सांस्कृतिक प्रस्तुति, र्‍याम्प प्रस्तुति तथा विशेष कार्यक्रम सम्पन्न भएपछि निर्णायक मण्डलले उत्कृष्ट प्रतिस्पर्धीहरूलाई विभिन्न उपाधिबाट सम्मानित गरेको थियो। प्रतियोगिताको ‘मिस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६’ को उपाधि बिपिशा भट्टराईले जितिन् भने नुमा फुङ सुब्बा प्रथम उपविजेता घोषित भइन्। त्यसैगरी ‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६’ को ताज रोजी श्रेष्ठले जितिन्। कल्पना प्रसाई (कामना) प्रथम उपविजेता, सरिता राई द्वितीय उपविजेता, गम्भीर गंगा तृतीय उपविजेता तथा गीता देवी अर्याल चतुर्थ उपविजेता घोषित भए। विशेष विधातर्फ कल्पना राईले पब्लिक च्वाइस उपाधि, तीर्था कुमारी मगरले भिवर्स च्वाइसउ उपाधि तथा हिमा कुमारी राजवंशीले म्यानेजमेन्ट च्वाइस उपाधि प्राप्त गरिन्। यसै अवसरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्वका लागि राधा न्यौपाने ढकाललाई ‘मिसेस एसिया इन्टरनेशनल नेपाल’ तथा दुर्गा देवी थापालाई ‘क्लासिक मिसेस एसिया इन्टरनेशनल नेपाल’ को उपाधि प्रदान गरिएको थियो। प्रतियोगिताका सहभागीहरूले व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वकला, र्‍याम्प वाक, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व, प्रतिभा प्रदर्शन तथा नेपालको मौलिक कला, संस्कृति र पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न प्रशिक्षण तथा कार्यक्रमहरूमा सहभागिता जनाएका थिए। आयोजकका अनुसार नवनिर्वाचित विजेताहरूले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्दै नेपाली महिलाको क्षमता, आत्मविश्वास, नेतृत्व र पहिचानलाई विश्वसामु स्थापित गर्नेछन् ।  कार्यक्रमका आयोजक समारी इन्टरनेशनल इभेन्ट प्रालिले प्रतियोगिताको सफल आयोजनामा सहयोग पुर्‍याउने मुख्य प्रायोजक बिहे सेवा, विभिन्न साझेदार संस्था, निर्णायक मण्डल, प्रशिक्षक, सञ्चारमाध्यम, स्वयंसेवक तथा सम्पूर्ण सहयोगी र शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ। समारी इन्टरनेशलका अध्यक्ष भरत समारीले दोस्रो सिजन भब्य र सब्य तरिकाले सम्पन्न भएको भन्दै अब छिट्टै तेस्रो सिजनको तयारीमा लाग्ने बताएका छन् ।  आयोजकको भनाइमा ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड – सिजन २’ केवल सौन्दर्य प्रतियोगिता मात्र नभई नेपाली महिलाको प्रतिभा, नेतृत्व क्षमता, आत्मविश्वास र सशक्तीकरणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने अभियानका रूपमा स्थापित हुँदै गएको छ।

 तीजलाई लक्षित गर्दै नयाँ गीत ‘दिक्क लाईसक्यो’ बजारमा

चलचित्र  ‘बुलबुल’ र ‘भूटान’का निर्माता तथा गीतकार अविरल थापाले हरितालिका तीजलाई लक्षित गर्दै नयाँ गीत ‘दिक्क लाईसक्यो’ बजारमा ल्याएका छन् । परम्परागत तीज गीतको शैलीभन्दा

‘तीन तीघ्रे क्या बिग्रे’ले गर्‍यो नयाँ सुरुवात

 नेपाली चलचित्र क्षेत्रमा प्राविधिकहरूको श्रम अधिकार र हप्तामा एक दिन नियमित बिदाको विषय बेला–बेलामा उठ्ने गरे पनि यसलाई औपचारिक रूपमा कार्यान्वयन गर्ने अभ्यास भने विरलै

प्रदशनमा आएको‘माया भनेकै यस्तो होला’को गीत सार्वजनिक

भदौ २६ गतेबाट प्रदर्शन हुने चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक

‘लज्जावती’को ट्रेलर सार्वजनिक 

सिनेमा ‘लज्जावती’को ट्रेलर सार्वजनिक भएको छ । साउन १५ अर्थात् खिर खाने दिनको अवसरमा निर्माण टिमले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरेको

चलचित्रको गीत’टेकेको भुइँ नबिर्स’सार्वजनिक

चलचित्र ‘बा : एक योद्धा’को शीर्ष गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज चलचित्रको शीर्ष गीत सार्वजनिक गरेको हो । गीतमा सञ्जीव थापाको शब्द,

 ‘पार्वती’ को टिजरपछि अभिनेत्री नीता ढुङ्गाना यतिबेला चर्चामा

पर्दामा पात्रको जीवन जिउनु र त्यसलाई जीवन्त बनाउनु एक कुशल कलाकारको पहिचान हो। यही पहिचानलाई फेरि एकपटक मजबुत बनाउँदै अभिनेत्री नीता ढुङ्गाना यतिबेला दर्शकमाझ छाएकी

तीज लक्षित ‘नाचौन बरिलै’गीतमा छमछमी नाचे न्यान्सी र रिस्ता

 आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को तीज गीत‘नाचौन बरिलै’रिलिज भएको छ। निर्माण पक्षले काठमाडौंमा पत्रकार तथा फिल्मकर्मीको उपस्थितिमा फिल्ममा समावेश गीत ‘नाचौन बरिलै’

 ‘ओल्ड इज गोल्ड’ शीर्षकमा पुराना नेपाली चलचित्र प्रदसन

चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सवका अवसरमा ‘ओल्ड इज गोल्ड’ शीर्षकमा पुराना नेपाली चलचित्रको विशेष प्रदर्शनी आयोजना गर्ने भएको छ। नेपाली चलचित्रको ऐतिहासिक विरासतको संरक्षण,

‘पेन्सन पट्टा’: धनभन्दा ठूलो त्यागको कथा

लाहुरे समाजको परिवेश, मौलिक गुरुङ संस्कृति र मानवीय संवेदनालाई पर्दामा उतार्दै भदौ २६ मा आउँदैछ ‘पेन्सन पट्टा’ नेपाली सिनेमा अहिले भावुक कथाहरूको दौरमा छ। तर

निर्देशनमा डेब्यु गर्दै निर्माता सुशील पोखरेल

निर्माता सुशील पोखरेल अब निर्देशकको रूपमा डेब्यु गर्ने भएका छन्। हरि ओम सिनेमाज प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको ‘प्रतिज्ञा’ मार्फत उनी निर्देशनमा आउन लागेका हुन्

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti