आयंका फिल्म्सको प्रस्तुतीमा तयार भएको चलचित्र ‘मास्टर्नि’ को पहिलो झलक सार्वजनिक भएको छ । निर्माण टिमले सार्वजनिक गरेको पोष्टरमा अभिनेत्री प्रियंका कार्की फिचर रहेकी छिन्
आगामी २९ साउनदेखि प्रदर्शनमा आउने सिनेमा ‘लज्जावती’ की मुख्य अभिनेत्री मेनुका माझी यतिबेला सिनेमाको प्रचारमा व्यस्त छिन्। यससँगै उनी ‘फेस अफ नेपाल-२०२६’को तेस्रो संस्करणलाई पनि
निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको चलचित्र “रातो घेरा – द रेड सर्कल” को आज बिहीबार पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ ।
नेपाली समाजको एक शताब्दीअघिको जीवन, सामाजिक संरचना र जातीय विभेदका यथार्थलाई पर्दामा उतार्ने उद्देश्यसहित निर्माण गरिएको नयाँ टेलिसिरिज ‘यो कथा होइन’ को औपचारिक घोषणा तथा प्रोमो सार्वजनिक गरिएको छ। गत मंगलबार राष्ट्रिय लोक सन्चारकर्मी नेपालको आयोजनामा अनामनगरस्थित डालो रेस्टुरेन्टमा विशेष समारोहबीच सिरिजको घोषणा र पहिलो प्रोमो सार्वजनिक गरिएको हो। कार्यक्रममा नेपाली कला तथा मनोरञ्जन क्षेत्रका अग्रज कलाकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले नेपाली सिरिज क्षेत्रमा श्रीप्रसाद थापाको योगदानको प्रशंसा गर्दै उनले निर्माण गर्ने सामग्रीप्रति आफू सधैं आशावादी रहने बताए। “नेपाली सिरिजको क्षेत्रमा श्रीप्रसाद थापा लोकप्रिय कलाकार हुन्। उनले गरेका काम उत्कृष्ट हुन्छन्। ‘लाहुरेको करिम बोल’ गीतमार्फत पनि उहाँलाई धेरै दर्शकले चिन्छन्। यो सिरिज पनि पक्कै उत्कृष्ट बन्नेछ। शिर्षकमै यो कथा होइन भनिएको छ, पक्कै कथा नभएर यो एक वास्तविक कुरा हो भन्ने लाग्छ । मलाई यसको पहिलो भाग हेर्न आतुर लागेको छ। सम्पूर्ण टिमलाई धेरै–धेरै शुभकामना,” उनले भने। विशिष्ट अतिथि तथा सिरिजका प्रमुख कलाकार रवि गिरीले आफू पनि सिरिजको महत्वपूर्ण पात्र रहेको उल्लेख गर्दै निर्माण टोलीले निकै मेहनतका साथ काम गरेको बताए। “हामीले धेरै मिहिनेत गरेका छौं। अहिले आइरहेका सिरिजभन्दा केही फरक स्वाद र प्रस्तुति दिने प्रयास गरेका छौं। दर्शकले यसलाई मन पराउनुहुनेछ भन्ने विश्वास छ,” उनले भने। कार्यक्रमका अर्का विशिष्ट अतिथि तथा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले आफ्नो संस्थाको आयोजनामा यस्तो सिर्जनात्मक कार्यक्रम गर्न पाउँदा गर्व लागेको बताए। “श्रीप्रसाद थापा र रवि गिरीजस्ता अनुभवी तथा आदरणीय कलाकारहरू आबद्ध भएको सिरिजको घोषणा र प्रोमो सार्वजनिक गर्न पाउनु हाम्रो संस्थाका लागि गौरवको विषय हो। प्रोमोले नै नेपाली मौलिकता झल्काएको छ। नेपालीपन बोकेको उत्कृष्ट सिरिज बनेको अनुभूति भएको छ। सम्पूर्ण निर्माण टिमलाई सफलताको शुभकामना,” उनले व्यक्त गरे। सिरिजका लेखक, निर्देशक तथा मुख्य अभिनेता श्रीप्रसाद थापाले धेरै समयपछि आफ्नै कथा लेखन र निर्देशनमा नयाँ सिर्जना लिएर आएको जानकारी दिए। उनका अनुसार ‘यो कथा होइन’ केवल मनोरञ्जनका लागि बनाइएको सिरिज नभई नेपाली समाजको इतिहास र यथार्थलाई उजागर गर्ने प्रयास हो। “धेरैपछि आफ्नै कथा लेखन र निर्देशनमा यो सिरिज ल्याएको हुँ। ‘यो कथा होइन’मा आजभन्दा करिब १०० वर्षअघिको नेपाली समाजको कथा समेटिएको छ। त्यो समयमा समाज कस्तो थियो, मानिसहरूको जीवनशैली कस्तो थियो, जातीय विभेद र सामाजिक विभाजन कसरी थियो भन्ने विषयलाई यथार्थ रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छौं। समाजका धेरै पक्षहरू यस सिरिजमा समेटिएका छन्,” थापाले बताए। सिरिजको कथा लेखन, निर्देशन तथा मुख्य अभिनय श्रीप्रसाद थापाले गरेका छन्। छायांकन सागर खड्का, घरश्याम पोखरेल, शिवशरण न्यौपाने र रोशन पौडेलले गरेका छन् भने भिडियो सम्पादन अशोक चौधरी र रोशन पौडेलको रहेको छ। सह–निर्देशन सन्देश लामिछाने र दीप्त प्रकाश
आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को निर्माण टिम व्यापाक प्रचारप्रसारमा लागेको छ। निर्माण टिम असार १५ गतेबाट आफ्नो फिल्मलाई व्यापार प्रचारमा लागेको
बलिउड सिनेमा ‘बेबी डु डाइ डु’ नेपालमा प्रदर्शन हुने भएको छ । सिनेमा यही आगामी जुलाई ३ अर्थात् असार १९ गते देखि नेपालमा प्रदर्शन हुन
चाडै नै छायांकनमा जान लागेको फिल्म ‘मन विनाको धन २’मा नायक विपिन कार्कीको प्रवेश भएको छ । पछिल्लो समयका सर्वाधिक व्यस्त तथा उच्च माग भएका
नेपाली समाजको एक शताब्दीअघिको जीवन, सामाजिक संरचना र जातीय विभेदका यथार्थलाई पर्दामा उतार्ने उद्देश्यसहित निर्माण गरिएको नयाँ टेलिसिरिज ‘यो कथा होइन’ को औपचारिक घोषणा तथा प्रोमो सार्वजनिक गरिएको छ। गत मंगलबार राष्ट्रिय लोक सन्चारकर्मी नेपालको आयोजनामा अनामनगरस्थित डालो रेस्टुरेन्टमा विशेष समारोहबीच सिरिजको घोषणा र पहिलो प्रोमो सार्वजनिक गरिएको हो। कार्यक्रममा नेपाली कला तथा मनोरञ्जन क्षेत्रका अग्रज कलाकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले नेपाली सिरिज क्षेत्रमा श्रीप्रसाद थापाको योगदानको प्रशंसा गर्दै उनले निर्माण गर्ने सामग्रीप्रति आफू सधैं आशावादी रहने बताए। “नेपाली सिरिजको क्षेत्रमा श्रीप्रसाद थापा लोकप्रिय कलाकार हुन्। उनले गरेका काम उत्कृष्ट हुन्छन्। ‘लाहुरेको करिम बोल’ गीतमार्फत पनि उहाँलाई धेरै दर्शकले चिन्छन्। यो सिरिज पनि पक्कै उत्कृष्ट बन्नेछ। शिर्षकमै यो कथा होइन भनिएको छ, पक्कै कथा नभएर यो एक वास्तविक कुरा हो भन्ने लाग्छ । मलाई यसको पहिलो भाग हेर्न आतुर लागेको छ। सम्पूर्ण टिमलाई धेरै–धेरै शुभकामना,” उनले भने। विशिष्ट अतिथि तथा सिरिजका प्रमुख कलाकार रवि गिरीले आफू पनि सिरिजको महत्वपूर्ण पात्र रहेको उल्लेख गर्दै निर्माण टोलीले निकै मेहनतका साथ काम गरेको बताए। “हामीले धेरै मिहिनेत गरेका छौं। अहिले आइरहेका सिरिजभन्दा केही फरक स्वाद र प्रस्तुति दिने प्रयास गरेका छौं। दर्शकले यसलाई मन पराउनुहुनेछ भन्ने विश्वास छ,” उनले भने। कार्यक्रमका अर्का विशिष्ट अतिथि तथा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले आफ्नो संस्थाको आयोजनामा यस्तो सिर्जनात्मक कार्यक्रम गर्न पाउँदा गर्व लागेको बताए। “श्रीप्रसाद थापा र रवि गिरीजस्ता अनुभवी तथा आदरणीय कलाकारहरू आबद्ध भएको सिरिजको घोषणा र प्रोमो सार्वजनिक गर्न पाउनु हाम्रो संस्थाका लागि गौरवको विषय हो। प्रोमोले नै नेपाली मौलिकता झल्काएको छ। नेपालीपन बोकेको उत्कृष्ट सिरिज बनेको अनुभूति भएको छ। सम्पूर्ण निर्माण टिमलाई सफलताको शुभकामना,” उनले व्यक्त गरे। सिरिजका लेखक, निर्देशक तथा मुख्य अभिनेता श्रीप्रसाद थापाले धेरै समयपछि आफ्नै कथा लेखन र निर्देशनमा नयाँ सिर्जना लिएर आएको जानकारी दिए। उनका अनुसार ‘यो कथा होइन’ केवल मनोरञ्जनका लागि बनाइएको सिरिज नभई नेपाली समाजको इतिहास र यथार्थलाई उजागर गर्ने प्रयास हो। “धेरैपछि आफ्नै कथा लेखन र निर्देशनमा यो सिरिज ल्याएको हुँ। ‘यो कथा होइन’मा आजभन्दा करिब १०० वर्षअघिको नेपाली समाजको कथा समेटिएको छ। त्यो समयमा समाज कस्तो थियो, मानिसहरूको जीवनशैली कस्तो थियो, जातीय विभेद र सामाजिक विभाजन कसरी थियो भन्ने विषयलाई यथार्थ रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छौं। समाजका धेरै पक्षहरू यस सिरिजमा समेटिएका छन्,” थापाले बताए। सिरिजको कथा लेखन, निर्देशन तथा मुख्य अभिनय श्रीप्रसाद थापाले गरेका छन्। छायांकन सागर खड्का, घरश्याम पोखरेल, शिवशरण न्यौपाने र रोशन पौडेलले गरेका छन् भने भिडियो सम्पादन अशोक चौधरी र रोशन पौडेलको रहेको छ। सह–निर्देशन सन्देश लामिछाने र दीप्त प्रकाश
विकास बोर्डको २६औँ वार्षिकोत्सव विविध कार्यक्रम, सम्मान, पुस्तक विमोचन तथा नयाँ पहलहरूको घोषणा गर्दै भव्य रूपमा सम्पन्न भएको छ। असार १६ गते मंगलबार बोर्डको प्रेक्षालय,
चन्द्र पन्तद्वारा निर्देशित चलचित्र ‘आ बाट आमा २’ ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक सफलता हात पारिरहेको छ। निर्माण पक्षका अनुसार चलचित्रको मध्यपूर्व (यूएई, कुवेत,
‘नेशनल म्युजिक अवार्ड’को ८औं संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ । आम दर्शकलाई समेट्दै गरिने यस प्रतिष्ठित अवार्डमा १४ विधा र लाइफ टाइम
ललितपुर– जावलाखेलमा रहेको अनोभा स्किन एण्ड हेयर क्लिनिकले कपाल प्रत्यारोपण प्रविधिको अत्याधुनिक डिभाइस ट्रिभेलिनी माम्बा Trivellini Mamba नेपालमा भित्र्याएको छ । ललितपुरमा आयोजित एक विशेष
Copyright © Ramailo6 - All right reserved. Designed by Zookti