२२ असार, विभिन्न ठाउँमा थुप्रै पटक मञ्चन भएको नाटक जिउँदो आकाश फेरि मञ्चन हुने भएको छ । नयाँ बानेश्वरको थापा गाउँमा अवस्थित एक थिएटर नेपालमा पुन:
प्रतीक्षित टेलिभिजन शो ‘कमेडी च्याम्पियन’ चौंथो सिजनका जज (निर्णायक) निश्चित भएका छन् । यसपटक जजको संख्या घटाएर ३ जनामा सीमित गरिने भएको छ । यस
बिरजले ८ वर्षको उमेरदेखि नै आफ्नो सांगीतिक यात्रा सुरु गरेका हुन्। १३ वर्षको उमेरमै उनले एकल सांगीतिक साँझ प्रस्तुत गरेर आफ्नो गायन प्रतिभा प्रदर्शन गरेका
आगामी हरितालिका तीजको अवसर पारेर चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा आउने भएको छ। ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको यो
नेपाली सिनेमा ‘भागदौड’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले आइतबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सिनेमाको २ मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक
माया इन्टरटेन्मेन्टको प्रस्तुतीमा ‘कमेडी दरबार’ टिमले बनाएको फिल्म ‘ककाकिकी’को पहिलो झलक सार्वजनिक गरिएको छ । जसमा मुख्य कलाकारहरु आफ्नो गाउँका लागी केहि गर्न खोजेको देखिन्छ । अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठीले एउटा डाँडामा बसेर योजना बनाइरहेका छन् । उनीहरु ‘कुलेबारी’ नामको गाउँमा छन्, उक्त गाउँका लागी केहि गर्ने योजनामा छन् । सार्वजनिक झण्डै तीनमिनेटको झलकमा अभिनेत्री रेखाले भनेकी छिन्ः ‘गाउँको लागी यो काम गर्दा केहि भइहाल्यो भने के हुन्छ होला है ?’ यस्तै अभिनेत्री गौरीले ‘एउटा सालिक त बलाउलान् नि हरामीहरुले ।’ भनेको देखिन्छ । तर अर्की अभिनेत्री तृप्तिले भने ‘सालिक त बनाउँदैन होला, अब हामी नै मिस्त्री भएपछि कसले आएर बनाइदेला त सालिक ?’ भन्दै जवाफ फर्काउँछिन् । आगामी भदौ १९ मा प्रदर्शनमा आउने ‘ककाकिकी’को निर्माण टिमले पहिलो झलक सार्वजनिक गरेसँगै आफ्नो प्रचारप्रसारको काम औपचारिक रुपमा सुरु भएको जानकारी गराएको छ । फिल्मका निर्देशकद्धय बिक्की अगरवाल र श्रृद्धा प्रसाईंले आफूहरुले मिहिनत गरेर बनाएको फिल्म अब दर्शकको हातमा छाडिदिन लागेको र जस्तो प्रतिक्रिया आउँछ त्यसमा आफूहरु सन्तुष्ट रहने बताउँछन् । निर्देशक बिक्की भन्छन्ः ‘हामी अहिलेनै हामीले यस्तो उस्तो फिल्म बनाएका छौं भन्दैनौं, राम्रो बनाउने कोशिस गरेका छौं बाँकी दर्शकको हातमा छ ।’ यस्तै निर्देशक श्रृद्धा सम्पुर्ण कलाकार तथा प्राविधिक टिमले आफूहरुलाई निकै साथ दिएकाले पनि फिल्म राम्रो बनेकोमा ढुक्क छिन् । पहिलो झलक सार्वजनिक कार्यक्रममा उपस्थित अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, दिया मास्के, अभिनेता महेश त्रिपाठी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, खड्ग बहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी) लगायतले फिल्ममा काम गर्दाका अनुभव साटेका थिए । फिल्ममा माउत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सिडी बिजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, बिश्वास तिमल्सिना (बिटी कान्छा), एलिसा भोग, सुवर्ण थापा, कमल देवकोटा लगायतको पनि अभिनय रहेको छ । फिल्मको लेखन निर्देशक बिक्कीसँगै सरोज भण्डारी र बिकाश अर्यालले गरेका हुन् । फिल्मको निर्माता श्रृद्धा प्रसाईं र सुमित्रा थापा हुन् । यस्तै कन्सेप्ट सुमन अग्रवालको हो भने स्क्रिप्ट डक्टरकोकाम विश्वास तिमल्सिना (बिटी कान्छा)ले गरेका छन् । सुदिप बरालको डिओपी रहेको फिल्ममा मुख्य सहायक निर्देशक अनिश बुढाथोकी हुन् भने सहायक निर्देशक बिशाल राई हुन् । मेकअपमा अनिस तामाङ, कस्टुम डिजाइनमा सुमन परियार, प्रोडक्सन हेड अरुण रेग्मी रहेका छन् । फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ भने अन्तर्राष्ट्रिय रिलिज अधिकार सेभेन सिज इन्टरनेशनलले लिएको छ ।
ठूलो बजेटमा निर्माण भएको पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’ नेपालमा प्रदर्शनमा आएको छ। क्यापिटल वर्ल्डमार्फत नेपाल भित्रिएको ‘लार्जर-द्यान-लाइफ’ अनुभव दिने यो फिल्म शनिबार बेलुकाको शोदेखि देशभर
नेपालका कन्टेन्ट क्रिएटर, उद्यमी, व्यवसायी तथा विभिन्न क्षेत्रका अग्रणी व्यक्तित्वलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजित क्रिएटर समिट २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। च्याँटे प्याँटे इन्क.द्वारा
कलाकारको लुक्सले जगायो कौतुहलतानिर्माता सुग्रसेन् ढुंगाना ज्यूको जन्मदिनको अवसरमा आज अक्षरा को दोस्रो पोष्टर रिलिजकाठमाडौँ – आगामी भदौ २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित नेपाली
जेनजी आन्दोलन र त्यसअघि र पछिको अवस्थालाइ चित्रण गरिएको चलचित्र चंगुल भदौ १९ गते बाट प्रर्दशन मा आउने भएको छ । मालति कार्किको निर्माण तथा
टिभी शो ‘कमेडी च्याम्पियन’को चौंथो सिजनलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठ र कमेडियन मेक्सम गौडेलले होस्ट गर्ने भएका छन् । शुक्रबार नम्रतालाई होस्टको रुपमा सार्वजनिक गरिएको
क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भइरहेको फिल्म ‘अक्षरा’ले प्रदर्शन अगावै दक्षिण कोरियाको वितरण अधिकार बिक्री गर्न सफल भएको छ। आगामी भदौ २६ गते नेपालमा
Copyright © Ramailo6 - All right reserved. Designed by Zookti